५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भ्रमणका लागि बिहीबार भारत गएका छन्। उनी नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन त्यसतर्फ गएका हुन्। भारतीय समकक्षी एस जयशंकरसँग हुने बैठकमा दुईपक्षीय व्यापार, पारवहन, ऊर्जा, सीमा विवाद, कोभिड–१९ विरुद्ध सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन र संस्कृतिलगायत विषयमा छलफल हुने जनाइएको छ। भ्रमण क्रममा मन्त्री ज्ञवालीले उच्चस्तरीय भेटघाट पनि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल–भारत सीमा विवाद सुरु भएको करिब एक वर्षपछि नेपालबाट भारत भ्रमण गर्ने उनी पहिलो उच्चस्तरीय अधिकारी हुन्। दुई देशबीच कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत सीमाक्षेत्रमा भूभागको स्वामित्वलाई लिएर विवाद भएपछि संवादहीनताको अवस्था सिर्जना भएको थियो। पछिल्लो पटक भारतका तर्फबाट गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयल, सेना प्रमुख मनोजमुकुन्द नरवाणे, विदेश सचिव हर्षवद्र्धन श्रींगलालगायत उच्च अधिकारीले नेपाल भ्रमण गरेपछि नेपालका तर्फबाट मन्त्री ज्ञवाली भारत भ्रमणमा गएका हुन्। मन्त्री ज्ञवाली कामचलाउ सरकार भएका बेला भारत गएकाले कतिपयले यसलाई ‘अनुपयुक्त समयमा भएको भ्रमण’ भनेका छन्। कतिपयले भ्रमणका बेला महŒवपूर्ण सम्झौतामा हस्ताक्षर नगर्न सुझाव दिएका छन्।  

परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा भारतका लागि नेपालका राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिव र अन्य उच्चस्तरीय सरकारी अधिकारी रहेका छन्। मन्त्री ज्ञवाली ३ गते नेपाल फर्किने कार्यक्रम छ। यसैबीच भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले बिहीबार नै भारतीय चिफ डिफेन्स अफ स्टाफ जनरल विपीन रावतसँग भेट गरेका छन्।

प्रकाशित: २ माघ २०७७ ०१:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App