१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

देउवाले भने : सडकबाट न्यायालयलाई धम्क्याउन मिल्दैन

प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट संसद बिघटनको पक्षमा निर्णय आए पार्टीले चुनावमा भाग लिने बताएका छन्। अदालतले संसद पुनःस्थापना वा बिघटनको जुन निर्णय गरे पनि कांग्रेसले स्वीकार्नेसमेत उनले स्पष्ट पारे।  

‘कांग्रेस स्वतन्त्र अदालतको सम्मान गर्छ,’ नेपाली कांग्रेस केन्दीय खेलकुद विभागद्धारा आयोजित कोमलमाया–खड्ग बस्नेत स्मृति फुटबल प्रतियोगिताको मंगलबार बाह्रविसेमा समापन गर्दै देउवाले भने, ‘स्वतन्त्र रुपले अदालतले काम गर्न पाउनु पर्छ। अदालतले जे निर्णय गर्छ, कांग्रेसले मानेर अघि बढ्छ।’  

पूर्वाप्रधानमन्त्री रहेका देउवाले संसद बिघटन भने असंवैधानिक रहेको धारणा राखे। बिघटनबारे पार्टीले बैठकबाट आधाकारिक धारणा सार्वजनिक गरेको बताउँदै उनले भने, ‘तर अदालतलाई पार्टीले स्वतन्त्र मान्छ। पुनःस्थापना भए सक्रियतापूर्वक चुनावमा भाग लिन्छौँ। बिघटनकै पक्षमा निर्णय आए पनि स्वीकार्छौँ।’  

अदालतमा बिचाराधिन मुद्दामा कांग्रेस बोल्दै नबोल्ने भन्दै देउवाले सडकबाट न्यायालयलाई धम्क्याउन नहुने जिकिर गरे। पञ्चायतकालमा पनि कांग्रेसले अदालतको निर्णयलाई मानेको प्रसंग जोड्दै उनले थपे, ‘प्रजातान्त्रिक पार्टीले अदालतमा विचाराधिन मुद्दामा आन्दोलन, जुलुस गर्न मिल्दैन। त्यसैले यस विषयमा कांग्रेस केही बोल्दैन।’ संसद बिघटन भएर चुनाव हुने स्थितिलाई समेत ध्यानमा राखेर कांग्रेसले गाउँ–गाउँमा चुनावी गतिविधि थालिसकेको सभापति देउवाको भनाईँ थियो।

 

प्रकाशित: २८ पुस २०७७ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App