६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री र उहाँका आसेपासेहरुको भविष्य अब धेरै छैन : बिना मगर

फाइल तस्वीर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षका नेतृ बिना मगरले प्रधानमन्त्री केपी ओलीले पदका लागि संसद विघटन गरेको बताकी छन्। कन्चनपुरको बेलौरीमा सोमबार आयोजित पार्टीको नगस्तरीय भेलालाई सम्बोधन गर्दै उनले जनताका लागि भन्दापनि आफ्नो पद जोगाउनको लागि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएकी हुन्।  

पूर्व खानेपानी मन्त्री समेत रहेकी मगरले प्रधानमन्त्री ओलीको तानशाही प्रवृत्तिलाई जनताले चाँडै परास्त गर्ने समेत बताइन्। प्रधानमन्त्री ओली र उनका नजिकका मानिसहरुको भविष्य अबै धेरै समय नरहेको उनको दाबी छ। ‘ओलीले जनतामाथि कुठाराघात गर्दै असंवैधानिक तवरबाट संसद विघटन गराउनुभयो। यस्तो तानाशाही प्रवृत्तिलाई जनताले चाँडै परास्त गर्नेछन्,’ उनले भनिन्,‘प्रधानमन्त्री र उहाँका आसेपासेहरुको भविष्य अब धेरै लामो समय छैन।’

प्रधानमन्त्री ओलीलाई देश र जनतको लागि कुनै चिन्ता नभएको उनको भनाई छ। 

प्रकाशित: २० पुस २०७७ ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App