९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

ओलीको तानाशाही कदमविरूद्ध हाम्रो आन्दोलन : झलनाथ खनाल

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-माधव पक्ष) का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको सरकारले तीन वर्षको अवधिमा कुनै पनि काम गर्न नसकेको आरोप लगाएका छन्।  

मंगलबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता खनालले तीन वर्षको अवधिमा ओलीले भाषणबाहेक केही नगरेको आरोप लगाएका हुन्।

आफूहरूले सरकारले किन काम गर्न सकेन भनेर प्रश्न गर्दा जवाफमा ओलीले आफ्ना काम देखेर विश्व चकित परेको बताउने गरेको नेता खनालको टिप्पणी छ।  

‘घरघरमा ग्यासको चुलो खै ओलीजी,’ उनले भने, ‘भाषणले देश चल्दैन, देशका लागि नीति चाहिन्छ, योजना चाहिन्छ।’

‘मेरो काम देखेर विश्व चकित परेको छ भन्नुभयो। पुल बनाएको छु, सडक बनाएको छु भन्नुभयो,’ उनले भने।

नेता खनालले लोकतन्त्र बचाउन आन्दोलन आवश्यक रहेको दाबी गरे। उनले सरकारको पछिल्लो कदम खारेज गर्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। अहिलेको आन्दोलन ओलीको तानाशाही प्रवृत्तिविरूद्ध भएको नेता खनालले बताए।  

प्रकाशित: १४ पुस २०७७ ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App