४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले काम गरेन भन्नेहरु चुनावमा जानबाट डराउनु हुँदैनः नेता रायमाझी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टीभित्र विवाद सिर्जना भई सरकारलाई काम गर्न नदिइएकाले बाध्यातावश प्रधानमन्त्री केपी शर्मा ओली ताजा जनादेशको निर्णयमा पुगेको बताएका छन्। 

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा नेता रायमाझीले आफ्नै पार्टीका सांसदले विशेष अधिवेशन माग गरी सरकारविरुद्ध अविश्वासको प्रस्ताव गरिनु विडम्बना भएकाले त्यस्तो अवस्थामा प्रतिनिधिसभाको औचित्य नहुने जनाए। उनले भने,'एकातिर सरकारले काम गरेन भन्ने अर्कातिर अविश्वास प्रस्ताव ल्याएर काम गर्न नदिने प्रतिपक्षीबाट पनि नभएको व्यवहार नेकपाकै सांसदबाट हुनु दुःखद् हो। यस्तो स्थितिमा ताजा जनादेशमा जानु सबैभन्दा उत्तम विकल्प हो। सरकारले काम गरेन भन्नेहरु चुनावमा जानबाट डराउनु हुँदैन।'

नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार नभएको जिकिर गर्दै आफूहरु सर्वोच्च अदालतको फैसलापछि निर्वाचनको तयारीमा लाग्ने बताए। जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीले संविधानमा नभएको व्यवस्था प्रयोग गरेर संसद् विघटन गरेको आरोप लगाए। नेकपाका नेता कृष्णभक्त पोखरेलले अदालतले विघटनको निर्णय बदर गराउने अपेक्षा व्यक्त गरे। रासस

प्रकाशित: ९ पुस २०७७ ०१:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App