६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई कुर्सीमा बस्ने अधिकार छैनः जसपा

पोखरामा जनता समाजवादी पार्टीको विरोध

पोखरामा बुधबार जनता समाजवादी पार्टीले निकालेको विरोध जुलुस । तस्बिरः उमेश पुन÷नागरिक

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक कदम भन्दै जनता समाजवादी पार्टी (जसपा) ले देशभरी आन्दोलन चर्काएको छ । त्यही क्रममा बुधबार पोखरामा पनि जसपाले विरोध प्रदर्शन गरेको छ ।  

जसपाका केन्द्रीय सदस्य हुम तमुले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेकोले विरोधमा उत्रिनुपरेको बताए । ‘प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेका छन् । त्यसैले यो  खारेज हुनुपर्छ,’ तमुले भने, ‘विघटन भएको संसद सुचारु हुनुपर्छ । प्रधानमन्त्री ओलीले हरेक वहानामा लोकतन्त्रमाथि आक्रमण गरेकोले विरोधमा उत्रेका हौ ।’

तमुले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई कुर्सीमा बस्ने अधिकार नभएको पनि बताए । ‘प्रधानमन्त्री ओली पार्टी भित्रको अंकगणितमा पनि फेल भएका छन् । त्यस्तै संंविधानको कुबाटोमा पनि हिडेका छन,’ तमुले भने, ‘त्यसैले प्रधानमन्त्री ओलीलाई कुर्सीमा बस्ने अधिकार छैन ।’

पोखराको मानवअधिकारचोकदेखि महेन्द्रपुलसम्म विरोध ¥याली गरेको जसपाले आगामि शुक्रबादेखि आइतबारसम्मका लागि पनि देशब्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार पोखरामा भएको विरोधसभामा जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य गणेशमान गुरुङ, टिकाराम पौडेल विद्यार्थी  नेता नेत्र चापागाँई लगायतले बोलेका थिए । जसपाले पोखरासँगै तनहुँको दमौली र गोरखामा पनि विरोध प्रर्दशन गरेको थियो । 

प्रकाशित: ८ पुस २०७७ १०:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App