विवेकशील साझा पार्टीको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य शरदराज पाठकले पाएका छन्।
साझा पार्टी र विवेकशील नेपाली दल पुनः एकीकरण भई बनेको पार्टीमा पाठकलाई प्रवक्ता चयन गरिएको मंगलबार अध्यक्ष रवीन्द्र मिश्रले एक विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।
गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन्।
राजनीतिमा सक्रिय हुनअघि उनले विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए।
प्रकाशित: ७ पुस २०७७ ११:०६ मंगलबार