२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

पार्टी फूटको साक्षी बस्न कसैको भेलामा जान्न : बामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतले अब पार्टी विभाजन भएको घोषणा हुन मात्र बाँकी रहेको बताएका छन्। पार्टी फुटाउनको लागि अहिले ओली र दाहाल–नेपाल समूहले विभिन्न गुटगत भेला गरिरहेको बताउँदै उनले आफू कसैका भेलामा सहभागि नहुने बताएका छन्।  

‘केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको भेला नै किन नहोस्, ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन्,’ उनले भनेका छन्,‘म फुटको साक्षी बस्न सक्दिँन।’ उनले आफू पार्टीको एकताको पक्षमा रहेको समेत दाबी गरेका छन्।

उनले प्रधानमन्त्रीले चालेको कदम संविधानको मर्म र भावना विपरित भएको पनि उल्लेख गरेका छन्।  

 

 

प्रकाशित: ६ पुस २०७७ १२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App