६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद विघटन हुनु अघिनै प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव

प्रतिनिधिसभा विघटन गर्नुअघिनै प्रधानमन्त्री केपी ओलीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ। आइतबार बिहानको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेका थिए। तर, मन्त्रिपरिषदका केही सदस्यले प्रधानमन्त्रीको उक्त प्रस्तावमा विमति जनाएका थिए। त्यसको केही समयपछि अविश्वासको प्रस्ताव आएको स्रोतको दाबी छ। नेकपाका ९० जना सांसदले हस्ताक्षर गरेको प्रस्ताव आइतबार बिहान १० : ५० मा संसद सचिवालयमा दर्ता भएको थियो। प्रस्तावको पहिलो नम्बरमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन्।  

दाहालपछि वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले हस्ताक्षर गरेका छन्। मन्त्रीहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, विना मगर, शक्तिबहादुर बस्नेत र रामेश्वर राय यादवले पनि प्रस्तावमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर गरेका सबै मन्त्रीहरुले आजै पदबाट राजीनामा दिइसकेका छन्। उनीहरुले प्रधानमन्त्री ओलीले समयको आश्यकता र जनताको मागअनुसार काम गर्न नसकेको आरोप लगाएका थिए। यस्तै, ओलीले प्रधानमन्त्री पदको गरिमा र प्रतिष्ठासँग अमिल्दा कार्यहरु गरेको उनीहरुको आरोप थियो।  

 

प्रकाशित: ५ पुस २०७७ १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App