१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद् विघटन निरंकुशताको पराकाष्ठा, यसविरुद्ध चाँडै निर्णय गर्छाैं : जसपा

जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटनलाई ‘अधिनायकवाद र निरंकुशताको पराकाष्ठा’ भनेको छ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो प्रतिनिधिसभा भंग गरेपछि विज्ञप्ति जारी गर्दै जसपाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।  

‘यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा रहेको हाम्रो ठहर छ,’ विज्ञप्तिमा लेखिएको छ,‘तसर्थ सम्पूर्ण पार्टी पंक्ति र आम नागरिकलाई यस कदमको प्रतिवाद गर्न आह्वान गर्दछौं।’

उसले यसविरुद्ध चाँडै पार्टीको बैठक बसेर निर्णय गर्ने पनि जानकारी दिएको छ। 

 

प्रकाशित: ५ पुस २०७७ १०:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App