९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद् विघटनपछि डा.भट्टराईको कटाक्ष: अब पनि ‘लम्पसार’ राजनीति गर्ने हो भने कमण्डलु बोकेर हरद्वारतिर लाग्नु वेश !

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसबमोजिम आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अब पनि नचेत्ने हो भने हिटलरको पुनरावृत्ति हुन सक्ने चेतावनी दिएका छन्।

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि पूर्वप्रधानमन्त्री डा. भट्टराईले आइतबार दिउँसो ट्विटरमा आफूले पहिले गरेको खबरदारीसमेत संलग्न गरी अब पनि अनुनय विनयको राजनीति गर्नेले सन्यास लिए हुने कटाक्ष गरेका हुन्।

‘केही दिनअघिको खबरदारी पुनः स्मरण खातिर पुनः पोस्टिएँ है ! मध्यमार्गी ढुलमुले प्रवृत्तिले बेलैमा साहसिक कदम नचाल्दा हिटलरहरू हुर्केको इतिहास छ, पुनरावृत्ति हुनसक्छ,’ भट्टराईले ट्विट गरेका छन्, ‘अब त चेतौं। अब पनि आग्रह/बिन्तिपत्र/लम्पसारको राजनीति गर्ने हो भने कमण्डलु लिएर हरद्वारतिर लाग्नु वेश !’

प्रकाशित: ५ पुस २०७७ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App