१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओलीको कदम गैरसंवैधानिक र राजनीतिक बेइमानी : रामकुमारी झाँक्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि आइतबार गरेको सिफारिस तत्काल फिर्ता गर्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीले माग गरेकी छन्।  

प्रतिनिधि सभा सदस्यसमेत रहेकी नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक भएको उल्लेख गर्दै तुरुन्त निर्णय फिर्ता लिन आग्रह गरेकी हुन्।  

‘संसद् विघटनको सिफारिस नै संवैधानिक हिसाबले गैर संवैधानिक हो। राजनितीक हिसाबले बेमाइनीपूर्ण हो,’ नेतृ झाँक्रीले ट्विट गरेकी छन्, ‘तुरून्त फिर्ता लिनुपर्छ।’

पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले संसद विघटनका लागि आइतबार राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।

प्रकाशित: ५ पुस २०७७ ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App