१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको कदम संविधानमाथिको 'कू' : विवेकशील साझा

विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी ओलीको पछिल्लो कदमलाई ‘घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही’ को संज्ञा दिएको छ। आइतबार एक विज्ञप्तिमार्फत उसले संसद विघटनका लागि प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष गरेको सिफारिसलाई ‘संविधानमाथिको स्पष्ट कू’ भनेको छ।

नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ नदिएको उल्लेख गर्दै विवेकशील शाझाले ओलीको पछिल्लो कदमले देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेको बताएको छ।

विज्ञप्तिमा ओलीले झण्डै दुई–तिहाई जनमतमाथि निर्लज्ज घात गरेको पनि उल्लेख गरिएको छ। उसले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पदको गरिमा जोगाउन भएपनि मन्त्रिपरिषदको पछिल्लो सिफारिश सदर नगर्न माग गरेको छ।

 

प्रकाशित: ५ पुस २०७७ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App