४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीद्वारा संसद विघटनको सिफारिस

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा जारी मन्त्रिपरिषदको आकस्मिक बैठक संसद विघटनको सिफारिस गरेका छन्। एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले म संसद विघटनको सिफारिस गर्छु भन्दै मन्त्रिपरिषदको बैठकबाट बाहिरिएका छन्। संसद् बिघटनबारे राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय भएको बताइएको छ।

प्रधानमन्त्री ओलीले आज बिहान १० बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए। सो बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताबारे मन्त्रिपरिषद्मा छलफल भइरहेको स्रोतले बताएको छ।

सरकारले मंसिर ३० गते ल्याएको अध्यादेश चौतर्फी विरोधपछि पुस १ गते नै फिर्ता लिने सहमतिमा प्रधानमन्त्री ओली पुगेका थिए। तर प्रधानमन्त्री ओलीले अझैसम्म अध्यादेश फिर्ता लिएका छैनन्।

प्रकाशित: ५ पुस २०७७ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App