९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

डा.भट्टराईको आरोप : वाम खोल ओढेको दक्षिणपन्थी सरकार !

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान नेकपाको सरकारलाई ‘वाम खोल ओढेको दक्षिणपन्थी सरकार’ भएको आरोप लगाएका छन्।  

यो सरकारको ‘कुशासन’बाट वाक्क भएका नागरिकको काँधमा चढेर चरम दक्षिणपन्थी र नरम दक्षिणपन्थी शक्ति अघि बढ्ने खतरा रहेको उनको दाबी छ।  

‘नेकपा सरकार वाम खोल ओढेको दक्षिणपन्थी सरकार हो। यसको तीनवर्षे कुशासनबाट वाक्क भएका जनताको काँध चढेर चरम दक्षिणपन्थी र नरम दक्षिणपन्थी शक्तिहरू अघि आउने खतरा बढ्दै छ है,’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भेडाको छाला ओढेको ब्वाँसोको विकल्प आफ्नै छाला/रङसहितको ब्वाँसो हुन सक्दैन। बेलैमा अग्रगामी विकल्प निर्माण गरौं।’

प्रकाशित: ३० मंसिर २०७७ ०७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App