८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

बालुवाटारमा आज ११ बजे सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज ११ बजे उक्त बैठक हुने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

सडकमा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नाराबाजी हुन थालेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। देशका विभन्न भागमा पूर्वराजाको समर्थनमा जुलुस निस्कन थालेका छन्। पछिल्ला दिनमा काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न भागमा राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा नाराबाजी भइरहेको छ। यस्तो गतिविधिलाई सरकारले नै संरक्षण गरेको आरोप सत्तारुढ दल नेकपाभित्रैबाट लागेको छ। 

नेकपा स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सर्वदलीय बैठक राखेर यस विषयमा छलफल गर्नुपर्ने बताएका थिए।

प्रकाशित: २३ मंसिर २०७७ ०३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App