९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपाका नेतालाई डा.भट्टराईको प्रश्न : ‘कुलिङ’ कि ‘हिटिङ’?

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईल सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जारी विवादलाई ‘हिटिङ पिरियड’को संज्ञा दिएका छन्।  

नेकपाको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेका बेला डा. भट्टराईले ‘नेकपाभित्रका केहीले ‘कुलिङ पिरियड’को कुरा गरेकाे आफूले बुझ्न नसकेकाे बताएका हुन्।  

‘नेकपाभित्रका केहीले  ‘कुलिङ पिरियड’कुरा गरेको बुझिएन,’ ट्विटरमा उनले लेखेका छन्, ‘द्वन्द्ववादको नियमले त एकता–संघर्ष–रूपान्तरणको कुरा पो गर्छ त! अझै माओ त ठूलो माछाले सानो माछा निल्नु रूपान्तरण हो भन्थे। धर्मशास्त्रले पनि संघर्षबाटै असत्यमाथि सत्यको जितको कुरा गर्छ। त्यसैले कुलिङको सट्टा हिटिङ भन्नुपर्ने हैन र?’

प्रकाशित: ६ मंसिर २०७७ ०७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App