१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

छठका अवसरमा राष्ट्रपति सहभागी नहुने

राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएकी छन्।

राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौँका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन्। राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन्। राष्ट्रपति भण्डारी यस वर्षको वडादसैंका अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा पनि सहभागी थिइनन्। 

प्रकाशित: ४ मंसिर २०७७ १३:०२ बिहीबार

छठ पर्व