१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपा ‘विमान’का दुई पाइलटले देशलाई नै दुर्घटनामा पार्न खोजे : डा. डिला संग्रौला

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक किचलोले त्यस पार्टीलाई मात्र होइन, देशलाई दुर्घटनामा पार्ने जोखिम देखिएको बताएकी छन्।

प्रतिनिसभाको सदस्यसमेत रहेकी डा. संग्रौलाले नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको द्वन्द्वले जनमत र लोकतान्त्रिक प्रणालीलाई नै धरापमा पार्न थालेको टिप्पणी गरेकी हुन्।  

बिहीबार सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘नेकपा विमानका द्वय पाइलट ओली र दाहालको सत्ता स्वार्थको आन्तरिक किचलोले पार्टीको दुर्घटना मात्र हैन कि जनताको व्यापक अभिमत र लोकतान्त्रिक प्रणालीलाई नै धरापमा पार्दै सुखी र समृद्धि नेपालको सपना बाँड्दै हिँडेको नौटंकी कम्युनिस्ट सरकार अन्ततोगत्वा दुखित नेपाल परिणत गर्न उद्दत भएको छ।’

यो पनि पढ्नुहोस्

अब नेकपाबाट कि प्रचण्ड हट्नुपर्छ कि म : प्रधानमन्त्री ओली

प्रकाशित: ४ मंसिर २०७७ ०७:५४ बिहीबार

नेपाली कांग्रेस