१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचन क्षेत्रका पालिका–पालिका घुम्दै पर्यटनमन्त्री भट्टराई

निर्वाचन क्षेत्रका पालिका भ्रमण गर्ने क्रममा आइतबार मिक्वाखोला गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री भट्टराई । तस्बिर : नागरिक

नागरिकसंगको भेटघाट र विकास निर्माणका अवस्था बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराइले शनिबारबाट पालिकास्तरीय ७ दिने भ्रमण थालेका छन्। शनिबार फक्ताङ्लुङ गाउँपालिका र आइतबार मिक्वाखोला गाउँपालिकाको भ्रमण सकेका मन्त्री भट्टराई सोमबार मेरिङ्देन गाउँपालिकातर्फ लाग्दैछन्।  

सो गाउँपालिकाको थुकिमाबाट उनी लिङ्तेप हुँदै मेरिङ्देन गाउँपालिकाको केन्द्र सान्थाक्रा सुलुम्फी पुग्ने कार्यक्रम रहेको उनका प्रेश संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिए। त्यहाँ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा पालिकाभरीका विद्यालयका प्रधानाध्यापक र मतदातासंग विकास निर्माणको अवस्था र नागरिकको अपेक्षा बारे छलफल हुने छ। मन्त्री भट्टराई त्यसपछि मैवाखोला गाउँपालिकातर्फ लाग्ने कार्यक्रम रहेको मन्त्री भट्टराइको सचिवालयले जनाएको छ। फाकुम्बा, ढुङ्गेसाँघु र साँघु गरी सो गाउँपालिकाका सबै वडामा उनको भेटघाट तथा अन्र्तक्रिया चल्ने छ। 

त्यसपछि उनी सदरमुकाम फुङ्लिङ फर्किएर फुङ्लिङ नगरपालिका भित्रका जनप्रतिनिधि, नागरिक समाजका अगुवा र पार्टीका कार्यकर्तासंग समेत भेट्ने कार्यक्रम तय भएको छ। भट्टराई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य समेत हुन्। दोस्रो चरणको पालिका भ्रमण भने तिहारपछि तय हुने मन्त्री भट्टराईका प्रमुख स्वकीय सचिव प्रेम गुरागाँइले जानकारी दिए।  

तिहार पछि मन्त्री भट्टराईले सिदिङ्वा, सिरिजङ्घा, पाथीभरा याङ्वरकको भ्रमण योजना बनाउने गुरागाँइले बताए। पहिलो चरणको कार्यक्रम कात्तिक २८ गते सकेर उनी २९ गते राजधानी काठमाडौ फर्कने कार्यक्रम तय भएको छ। मन्त्री भट्टराई २०७४ सालको प्रतिनिधिसभामा ताप्लेजुङबाट निर्वाचित भएका हुन्।

प्रकाशित: २३ कार्तिक २०७७ ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App