६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारलाई डा.भट्टराईको पश्न: ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय किन गरेको?

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को सट्टा अबदेखि ‘नेपाल’ मात्रै लेख्ने सरकारको निर्णयप्रति पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गम्भीर आपत्ति प्रकट गरेका छन्।  

डा. भट्टराईले शुक्रबार सामाजिक सञ्जालमार्फत संयुक्त राष्ट्र संघमा देश/राज्यका नाम उनीहरूको संविधानरराज्यप्रणालीअनुरूप हुने आम प्रचलनअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ रहेकामा ओली सरकार यसबाट पछि हटेको भन्दै शंका व्यक्त गरेका हुन्।  

साथै उनले यो स्वीकार्य नहुने भन्दै यसको विरोध गर्न सबैलाई आग्रहसमेत गरेका छन्।  

‘संयुक्त राष्ट्र संघमा देश/राज्यका नाम उनीहरूको संविधान/राज्य प्रणालीअनुरूप हुने आम प्रचलन हो। सोहीअनुसार नेपालको नाम ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ रहेकामा ओली सरकार किन पछि हटेको हो,’ डा. भट्टराईले ट्विटरमा लेखेका छन्,  ‘यो स्वीकार्य छैन! दालमा कालो छ है! सबैले प्रतिवाद गरौं!! खबरदार!!’

गत असोज २८ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मातहत निकायमा जारी गरेको परिपत्रबाट गत असोज ११ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा अबदेखि ‘नेपाल’ मात्रै लेख्ने निर्णय गरेको कुरा खुलासा भएको थियो।

परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेखिने ठाउँमा अबदेखि ‘नेपाल’ मात्र लेख्नुपर्नेछ। त्यसैगरी अंग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेखिने स्थानमा ‘एनइपिएएल’ मात्र लेख्नुपर्ने परिपत्रमा भनिएको छ।  

प्रकाशित: २१ कार्तिक २०७७ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App