९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपतिको सल्लाहकार समूहमा पुनर्गठन

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सल्लाहकार समूहमा पुनर्गठन थालेकी छन्। राजनीतिक विश्लेषक टीकाप्रसाद ढकाललाई सूचना तथा सञ्चारसहित तोकिएको जिम्मेवारी निर्वाह गर्ने गरी आइतबार नियुक्ति दिएकी हुन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनलाई नेपाल सरकारको राज्यमन्त्रीसरहको विज्ञ पदमा नियुक्ति गरिएको छ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र नियोगको अनुभव हासिल गरेका ढकालको नियुक्ति राष्ट्रपतिको छवि र सम्पर्क विस्तारका निम्ति उपयोग हुने विश्वासका साथ भएको बताइएको छ। यसअघि विज्ञ समूहकै एक महत्वपूर्ण सदस्य सुशील प्याकुरेलले सभामुख अग्नि सापकोटाको नियुक्तिपछि राजीनामा दिएका थिए। 

पछिल्लो चरणमा सञ्चार र सुरक्षाविज्ञका रूपमा कार्य गर्दै आएका माधव शर्मा र नेत्रबहादुर थापालाई समेत राष्ट्रपति कार्यालयले बिदा गरिसकेको छ। थप केही सदस्यलाई समेत बिदा गरी आफ्नो विज्ञ समूहलाई चुस्त बनाउने तयारीमा राष्ट्रपति भण्डारी रहेको स्रोतले जानकारी दिएको छ। राष्ट्रपति कार्यालयले आफ्नो छवि र प्रभाव विस्तार गर्न नसकेको तथा सार्वजनिक आलोचना भोग्दै आएको छ। यो स्थितिमा ढकालको नियुक्तिबाट अपेक्षित लाभ हासिल हुनसक्ने ठानिएको छ।

प्रकाशित: २३ भाद्र २०७७ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App