प्रधानमन्त्री केपी ओली मुटुमा सामान्य समस्या देखिएपछि सहिद गंगालाल ह्दयरोग केन्द्र बाँसबारीमा पुगेका छन् । स्वास्थ्य परिक्षणपछि प्रधानमन्त्री ओली आजै निवास फर्कने छन् । कार्यकारी निर्देशक डा चन्द्रमणी अधिकारी र मुटुरोग विशेषज्ञ डा अरुण मास्केको टोलीले उनको स्वास्थ्य परिक्षण गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री अस्पताल गएको र परिक्षणपछि अहिले नै निवास फर्कने जानकारी दिए । पौने पाँच बजेतर प्रधानमन्त्री अस्पताल पुगेका थिए ।
प्रकाशित: १७ असार २०७७ १२:०० बुधबार