६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मशालले नीति तथा कार्यक्रममा समर्थन नगर्ने

नेकपा मशालले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन नगर्ने जनाएको छ। मशालका महामन्त्री मोहनविक्रम सिंहले एक विज्ञप्ति जारी गर्दै नीति तथा कार्यक्रममा एमसीसीलाई समावेश गरिएको भन्दै त्यसमा पार्टीले समर्थन गर्ने जनाएका छन्। उनले एमसीसट्ठ समावेश गरेको भन्दै गम्भिर आपत्ति समेत प्रकट गरेका छन्। मशालले त्यसलाई नीति र कार्यक्रमबाट हटाउन माग समेत गरेको छ। सरकारलाई दिएको समर्थन भने जारी नै राख्ने मशालले जनाएको छ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतलाई नेपालमा सामेल गरेर प्रकाशित गरेको नयाँ नक्साका लागि धन्यवाद दिएको छ। सरकारलाई सीमासम्बन्धी अन्य विवाद तथा कालापानीमा कब्जा गरेर बसेको भारतीय सेनालाई नेपालको भूमिबाट हटाउन पनि शाहसिलो कदम उठाउन भनेको छ।

 

प्रकाशित: ६ जेष्ठ २०७७ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App