४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद सचिवालयका महासचिव गौतमले लिए सपथ

 

काठमाडौं- संसद सचिवालयका महासचिव भरतराज गौतमले पद तथा गोपनियताको सपथ लिएका छन्। सोमबार संसदको महासचिवमा नियुक्त भएका गौतमले मंगलबार पद तथा गोपनियताको सपथ लिएका हुन्।

सपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव गौतमले संविधान र कर्मचारी नियमावलीमा भएको व्यवस्थाअनुसार आफ्नो कर्तव्य वफादार भएर निर्वाह गर्ने प्रतिवद्धता जनाए। प्रतिनिधिसभा र राष्ट्रियसभाको एउटै सचिवालय भएकाले दुबै सदनलाई समन्वय गरेर अगाडि बढाउनुपर्ने पहिलो जिम्मेवारी भएको उल्लेख गर्दै उनले संविधान र ऐन अनुसार आफ्नो जिम्मेवारी व्यवसायीक ढंगले निर्वाह गर्ने बताए।

गौतमलाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ गराए। सपथ ग्रहण कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका विभिन्न पार्टीका संसदीय दलका नेता, सचेतक र समिति सभापतिहरुको सहभागिता रहेको थियो। सथपग्रहण पछि गौतमले आजै पदभार समेत ग्रहण गर्नुभएको छ। गौतमलाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र प्रतिनिधिसभाका सभामुख सापकोटाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले महासचिवमा नियुक्त गरेकी हुन्।

प्रकाशित: २३ वैशाख २०७७ ११:२४ मंगलबार

संसद_सचिवालय सपथ_ग्रहण