१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। फागुन १९ मा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन्।

चिकित्सकहरुले प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु राम्रो अवस्थामा रहेको बताएका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले बताए। प्रधानमन्त्रीको उपचार खर्च अनुमानित ५ देखि ६ लाख रुपैयाँ लागेको पनि उनले जानकारी दिए। अरु सर्वसाधारण नागरिकको जति नै प्रधानमन्त्रीको उपचार खर्च आएको पनि उनले बताएका छन्।

डिस्चार्जपछि पनि प्रधानमन्त्री नियमित फलोअफमा रहने उनका निजी चिकित्सक डा. दिव्यासिंह शाहले विज्ञप्तीमार्फत जानकारी दिएकी छन्। आवश्यक सतर्कताका साथ आफ्नो नियमित सबै काम गर्न सक्ने अवस्थामा प्रधानमन्त्री भएपनि नियमित चिकित्सकको निगरानीमा हुनेछन्।

प्रधानमन्त्री डिस्चार्ज हुनुअघि मन्त्रीहरु अस्पताल पुगेका थिए। मृगौला प्रत्यारोपण गराएको १० औं दिन डिस्चार्ज भएका ओलीलाई उनकी भाञ्जी समीक्षा संग्रौलाले मृगौला दिएकी थिइन्। संग्रौला यसअघि नै डिस्चार्ज भएकी थिइन्। प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो।

प्रकाशित: ३० फाल्गुन २०७६ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App