४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आवश्यक सबै परीक्षण सम्पन्न

काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणअघि डायलाइसिस र ल्याब परीक्षण गरिएको छ। ओलीको बुधबार(आज) बिहान ९ बजे मिर्गौला प्रत्यारोपण सुरु हुने भएपछि मंगलबार बेलुका नै डायलाइसिस, ल्याबसहितका अन्य आवश्यक परीक्षण गरिएको हो।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु गरिएको बताए। प्रत्यारोपण गर्नूपूर्व विशेषज्ञ चिकित्सकबाट आवश्यक स्वास्थ्य परीक्षण गरिएको बताउँदै उनले मिर्गौला प्रत्यारोपणका लागि कुनै समस्या नरहेको स्पष्ट पारे। ‘अहिलेसम्म प्रधानमन्त्रीको स्वास्थ्यस्थिति राम्रो अवस्थामा छ, बुधबार मिर्गौला प्रत्यारोपण गर्ने कार्यतालिका रहेकाले विशेषज्ञ चिकित्सकको निगरानीमा राखिएको छ’, खड्काले भने। प्रधानमन्त्रीको स्वास्थ्यस्थितिको विषयमा नियमित रुपमा विज्ञप्ति निकालेर सञ्चारमाध्यमलाई जानकारी गराइने उनको भनाइ छ।

मिर्गौला प्रत्यारोपण गरेको एक साताभित्र क्याबिनेटको बैठक सञ्चालन गर्ने भन्दै प्रधानमन्त्रीले ठट्यौली गरेको उनको निगरानीमा खटिएका वरिष्ठ चिकित्सक अरुण सायमीले सुनाए।

त्रिवि शिक्षण अस्पताल सोमबार भर्ना भएका प्रधानमन्त्री ओलीलाई ६ सय १ नम्बरभिभिआइपी क्याबिनमा राखिएको छ। मिर्गौला प्रत्यारोपण गरेको एक साताभित्र क्याबिनेटको बैठक सञ्चालन गर्ने भन्दै ओलीले ठट्यौली गरेको उनको निगरानीमाखटिएका वरिष्ठ चिकित्सक अरुण सायमीले सुनाए। ‘हामी अलिकति चिन्तित छौं’, डा. सायामीले भने, ‘प्रधानमन्त्री ओलीले कुनै चिन्ता गर्नुपर्दैन, एकहप्तापछि क्याबिनेट बोलाउँछु भनेर उच्च मनोबलसाथ कुरा गर्नुभएको छ।’

शिक्षण अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्न डा.प्रेम ज्ञवाली नेतृत्वकोटोली तयारी अवस्थामा छ। टोलीमा झन्डै दुईदर्जन स्वास्थ्यकर्मी छन्। भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा नेतृत्व गरेका चिकित्सक अनन्तकुमारसमेत सहयोगीको रुपमा प्रत्यारोपण टोलीमा रहनेछन्। नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा.कृष्ण अधिकारीले भारतबाट आएका चिकित्सक अनन्तले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण टोलीमा संलग्न हुन ६ दिनका लागि स्वीकृति लिएको बताए।

अधिकारीका अनुसार मेडिकल काउन्सिलबाट स्वीकृति लिनु भनेको उपचारमा प्रत्यक्ष रुपमा संलग्न रहन पाऊँ भन्ने हो। भारतबाट उनको साथमा आएका अन्य चिकित्सकले काउन्सिलसँग अनुमति नलिएकाले उनीहरु प्रधानमन्त्री ओलीको उपचारमा संलग्न हुन नपाउने अधिकारीले प्रस्ट पारे। स्वीकृति नलिने चिकित्सक अब्जरभेसनका लागि भने बस्न पाउने उनले बताए। अनन्त भारतको म्याक्स अस्पतालमा कार्यरत चिकित्सक हुन्। प्रत्यारोपणको नेतृत्व गरेका डा. ज्ञवालीले भने प्रत्यारोपणमा डा. अनन्तको प्रत्यक्ष संलग्नता नभई सहजकर्ताको भूमिका रहने दाबी गरे।

प्रधानमन्त्री ओलीलाई अंगदान दिन तयार भएकी नाताले भाञ्जीपर्ने समीक्षा संग्रौला ज्ञवालीको मिर्गौला मंगलबारओलीसँग क्रस म्याच जाँच गरिएको छ।

यसअघि गरिएको परीक्षणमा नै ओलीलाई ज्ञवालीको मिर्गौला म्याच हुने देखिएकोे थियो। त्यसमा थप विश्वस्त हुन मंगलबार क्रस म्याच गरिएको हो। शल्यक्रिया गर्नुअघि प्रधानमन्त्री ओलीको शरीरका महत्वपूर्ण अंगहरुमा कुनै संक्रमण हुन नदिन प्रत्यारोपण टोलीले विशेष सतर्कता अपनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ००:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App