९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

बाँस्कोटामाथि छानबिन गर्न माग

काठमाडौं – पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि छानबिन गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा मानव अधिकार तथा शान्ति समाजले धर्ना दिएको छ। समाजका संस्थापक सभापति कृष्ण पहाडीले सुरक्षण छापाखाना खरिद प्रकरणमा ७० करोड कमिसनको बार्गेनिङमा मुछिएका बाँस्कोटालाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन्। विभिन्न घोटाला मूल दोषीलाई कारबाहीको दायरामा ल्याउन र संसद्मा प्रस्तुत विधेयकमा निहीत स्वतन्त्रताविरोधी प्रावधान हटाउने जनाए। उनले भने, ‘घोटालै घोटालाको यो सरकारमाथि न्यायिक निरूपण हुनुपर्छ। बाँस्काटाले राजीनामा दिएर मात्रै उम्कन पाउँदैन।’

कानुनभन्दा ठूलो कोही पनि हुन सक्दैन, यसको निर्णय सरकारले गर्न पाउँदैन, अदालतले न्यायिक निरूपण गर्न पाउनुपर्ने बताए। वाइड बडी/न्यारो बडी जहाज खरिद प्रकरण र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रलाई उन्मुक्ति दिन खोजिएको भन्दै समाजले एक घण्टा प्रदर्शन गरेका जानकारी दिए। लोकतन्त्रमा कानुनभन्दा माथि कोही पनि हुँदैन। पार्टीकै बदनाम भएको कुरामा पनि सरकारको गपचुप हुन नपाउने जानकारी दिए। मानिस आक्रोशित भएर सडकमा आएको दिन भयावह स्थिति सिर्जना हुने बताए।

समाजका सभापति उत्तम पुडासैनीका अनुसार भष्टाचार अन्त्यका लागी अभियान सञ्चालन गर्दै आएको बताए। उनले भने, ‘देशका भ्रष्टाचारले हद नाग्न लागेपछि सरकारलाई अब जनता सडकमा उत्रदैछन् भन्ने संकेत स्वरुप धर्ना प्रदर्शन गरेको सुनाए। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा घोटालाको कुरा बाहिर आउँदा कोहि पनि सुरक्षित छैनन्। अब पनि जनता सडकमा आएनन भने स्वैच्छाचारिता बढ्दै जाने मानव अधिकार शान्ति समाज बाहिर निस्केको जानकारी दिए। बाँस्कोटाको पछाडि रहेका पर्दा पछाडिका मानिसको खोलतलासमा गम्भीर ध्यान पु-याउनुपर्ने बताए।

मानव अधिकार तथा शान्ति समाजले स्वतन्त्रताविराधी सरकार, अर्बाै रुपैयाँ निलेको र देशमा भ्रष्टाचार मौलाउँदै गएको भन्दै विरोध गरेको छ। नेपाली जनतामाथि राजनीतिक खिचातानी भएकोे र देशका नेताले राजनीतिक पार्टीको मात्रै झण्डा बोकेर हिँडे तर नेपालको झण्डा बोकेर हिँडेनन् भन्ने जनाएको छ। बाँस्काटाले गरेको प्रकरणमा प्रधानमन्त्री र पार्टीमा समेत नकारात्मक असर परेको हुँदा पार्टीले लुकाउन खोजेको जानकारी दिएको छ।

प्रकाशित: १२ फाल्गुन २०७६ ०१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App