२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले जनताको जीवनस्तरमा परिवर्तन हुनेगरी परिणाम दिन सकेन : कमल थापा

राप्रपाले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष कमल थापा लगायत पार्टीका नेताहरु । तस्बिर/रेखा

बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बर्तमान सरकारले आम जनताको जीवनस्तरमा परिवर्तन हुने गरी सकारात्मक परिणाम दिन नसकेको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश ५ ले मंगलबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बौल्दै अध्यक्ष थापाले अंक गणितीय रुपमा बलियो ओली सरकार उपलब्धीका हिसावले निकै कमजोर रहेको बताएका हुन्। ‘अंक गणीतीय रुपमा सरकार बलियो छ। तर यसले आम जनताको जीवनस्तर परिर्वतन गर्ने गरी सकारात्मक परिणाम दिन सकेन’ अध्यक्ष थापाले भने।

अध्यक्ष थापाले सरकार ढाल्ने षड्यन्त्र भइरहेछ भनेर प्रधानमन्त्री केपि शर्मा ओलीले गृह नगर झापा पुगेर दिएको अभिव्यक्तिबारे जनतालाई स्पष्ट पार्नुपर्ने बताए। ‘सरकार ढाल्ने ढलाउने खेलमा अब जनताको रुची छैन। जनता राजनीतिक स्थाइत्व नै चाहान्छन्। तैपनि प्रधानमन्त्रीले एकाएक किन सरकार ढाल्ने षड्यन्त्रको महशुस गर्नुभयो? देशीविदेशी कुन शक्तिसँग उहाँलाई डर छ? यसबारे उहाँले स्पष्ट पार्नुपर्छ’ नेता थापाले भने। नेता थापाले एमसिसी नेपालको हितमा रहेको पनि बताए। एमसिसी बारे गलत आफवाह फैलाइएको भन्दै उनले यसलाई चिर्न सरकाले आधिकारीक धारणा ल्याउनुपर्ने बताए।

थापाले आगामी निर्वाचनमा पार्टीलाई प्रमुख शक्तिको रुपमा स्थापित गराउने तयारी स्वरुप निर्धारित समय भन्दा ९ महिना अगावै पार्टी महाधिवेशनको तयारी थालिएको जानकारी दिए। उनले नेपालको भुराजनीतिक अवस्था र धार्मीक साँस्कृतिक परिवेसका कारण नेपालको राष्ट्रियता र एकताको संरक्षणकालागि राजसंस्थासहितको लोकतान्त्रिक पद्यती अहिलेको आवश्यकता भएको बताए। यही सैद्धान्तिक निष्ठाको आधारमा जनताले आफ्नो पार्टीलाई ठूलो शक्तिको रुपमा स्थापित गराउने उनको दावी छ।

बिगतमा दरवार वरपरका केही व्यक्तिहरुले राप्रपालाई कमजोर बनाउन खोजेको तीतो अनुभव उल्लेख गर्दै उनले अबको दिनमा राप्रपालाई दुःख दिने सोच नराख्न चेतावनी समेत दिए। अध्यक्ष थापाले आगामी महाधिवेशनमा आफूले नेतृत्वको दावेदारी नगर्ने पनि बताए। ‘अहिलेकै नेतृत्वलाई नै निरन्तरता दिने चाहाना भएको भए २१ महिनापहिले महाधिवेशन गरौ भन्ने प्रस्ताव गर्दैन थियौं’ थापाले भने।

महाधिवेशनअगावै राप्रपा संयुक्तसँग एकीकरण हुने पनि उनले बताए। ‘त्यसका लागि चिन्नदेखि नेतृत्वसम्म सबै कुरा मिलीसकेको छ। खाली पशुपती जि र प्रकाश जिको फोन आउन बाँकी छ’ थापाले भने।

 

प्रकाशित: ६ फाल्गुन २०७६ ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App