१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

हत्या आरोपीलाई सभामुख बनाएको भन्दै धर्ना

काठमाडौं – द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका अग्निप्रसाद सापकोटालाई सभामुख बनाएको भन्दै पीडितहरूले सोमबार राष्ट्रपति कार्यालय अगाडि नाराजुलुससँगै र धर्ना दिएका छन्। हत्या आरोपी व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्न र पीडितलाई न्याय दिन माग गर्दै राष्ट्रपति कार्यालय अगाडि धर्ना दिन पुगेका थिए।

धर्ना दिन पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा द्वन्द्व पीडित साझा चौतारीका महासचिव जनक राउत, हत्या गरिएका अर्जुन लामाकी पीडित श्रीमती पूर्णिमाया लामा, चौतारीका उपत्यका समितिका सदस्य द्वन्द्वपीडित शंकर बुढाथोकीलगायत मानवअधिकारकर्मी रहेका छन्। महानगरीय प्रहरी बृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

बृत्तका प्रमुख डिएसपी उमेश लम्सालले पक्राउ परेकालाई सोमबार नै छाडिएको जानकारी दिए। ‘कार्यालयअगाडि अवरोध गर्न थालेपछि हामीले पक्राउ गरेका थियौं,’ उनले भने, ‘शान्त भएपछि छाड्यौं।’ पक्राउ पर्नेमा नौ पुरुष र तीन महिला छन्। सोमबार साभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका थिए। पीडितले न्याय माग्दा राज्यको माथिल्लो पदमा नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका थिए। उनीहरूले हत्या आरोप लागेका समाभुखमाथि तत्काल अनुसन्धान थाल्न माग गरेका छन्।

प्रकाशित: १४ माघ २०७६ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App