६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘अपेक्षाबमोजिम सरकारले काम गरेन’

धनगढी – सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ। पाँच महिनापछि सुरु भएको अधिवेशनको पहिलो दिन सोमबार बैठकमा नेकपा, नेपाली कांग्रेस र राजपाका तर्फबाट सासंदले धारणा राखेका थिए। प्रदेशसभाले पारित गरेका विधेयक कार्यान्वयन हुन नसकेको, जनताको अपेक्षाबमोजिम प्रदेश सरकारले काम गर्न नसकेको, भ्रष्टाचार मौलाएको, प्रदेशमा असुरक्षा बढेको भन्दै प्रदेश सरकारलाई आफ्नो काम कारबाही सुर्धान विशेष समयमा बोल्ने प्रतिपक्षका सासंदले सुझाव दिएका छन्।

प्रदेशसभामा नेकपाका प्रमुख सचेतक तारालामा तामाङ, नेपाली काग्रेस संसदीय दलका नेता रणबहादुर रावल र राजपाका सासंद मालमति रानाले बोलेका थिए। प्रतिपक्षी रावल र रानाले सरकारको खरो आलोचना गरेका थिए भने सत्तापक्षकै लामाले प्रदेशसभाले पारित गरेका ३२ विधेयक कार्यान्वयन गर्नुपर्ने बताएका थिए।

बैठकमा प्रदेश सरकारले जनताको अपेक्षाबमोजिम काम नगरेको भन्दै सासंदहरूले असन्तुष्टि व्यक्त गरेका छन। सत्तापक्ष नेकपाका प्रमुख सचेतक तामाङले सरकारले पुरानै शैलीमा चलिरहेको उल्लेख गर्दै जनताको अपेक्षाबमोजिम प्रदेश सरकारले विकासलाई तिव्रता दिनेगरी काम गर्नुपर्ने बताए। ‘जनताको अपेक्षा बमोजिम प्रदेशमा केही देखिने गरी सरकारले काम गर्नुपर्छ,’ उनले भने।

काग्रेस संसदीय दलका नेता रावलले दुई वर्षको अवधीमा प्रदेश सरकारले जनताले महसुस गर्ने कुनै एक काम पनि गर्न नसकेको बताए। ‘आर्थिक वर्ष २०७४/०७५ को अल्पकालीन बजेट गरी प्रदेश सरकारले ३ बजेट र योजना ल्याइसकेको छ, तर जनताले अनुभूति गर्ने कुनै काम गर्न सकेको छैन,’ उनले भने, ‘प्रदेश सरकार पूरै असफल देखिएको छ।’

प्रकाशित: ७ माघ २०७६ ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App