१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

विश्वविद्यालयको स्वायत्ततामा प्रहार नगरौं: गगन थापा

काठमाडौं- सांसद गगन थापाले विश्वविद्यालयका पदाधिकारी ५१ प्रतिशतले हटाउने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्ने बताए। संसदको शिक्षा तथा स्वास्थ्य समितिमा  केही नेपाल ऐनहरुमाथि संशोधन गर्न चलेको छलफलमा सांसद थापाले यस्तो बताएका हुन्। नियुक्त भएका पदाधिकारीलाई सरकार वा मन्त्रालयले दिएको कुनै निर्देशनको पालना नभएको खवस्थमा सरकारले चाहेको बेला हटाउन सक्ने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्ने थापाको भनाई छ। थापाले २ तिहाइले मात्रै हटाउन सक्ने संशोधन सहित पारित गराउनुपर्ने बताएका थिए। उनले सरकारले चाहेको बेलामा हटाउन सक्ने आधार निर्माण गर्नु लगत भएको बताए। समितिले गरेको निर्णय नमान्ने भन्ने नहुने तर यो कुरा गलत भएको उनको भनाई छ।

बिहीबार समितिले विश्व विद्यालयको पदाधिकारी हटाउन ५१ प्रतितश हुनुपर्ने प्रावधान राख्दै ऐन पारित गरेको थियो। समितिमा छलफलका क्रममा दुईतिहाइले मात्रै हटाउन सक्ने प्रावधान राख्न सुझाव आएपनि विश्वविद्यालय र उच्च शिक्षाको छाता ऐन आउने क्रममा भएका कारण तत्काललाई ५१ प्रतिशतले नै हटाउन सक्ने प्रावधान राखिएको समिति सभापति जयपुरी घर्तिले बताइन्।  

प्रकाशित: २ माघ २०७६ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App