१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदीय समितिको निर्देशन सरकारले पालना नगरेको भन्दै स्पष्टिकरण लिन माग

काठमाडौं - राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिहरुले दिएको निर्देशन सरकारका मन्त्री र कर्मचारीहरुले पालना नगरेको भन्दै सांसदहरुले स्पष्टिकरण लिन माग गरेका छन्। विभिन्न चरणमा बजार अनुगमनपछि राष्ट्रियसभा अन्तर्गतले सरकारलाई दिएका निर्देशन पालना नभएको भन्दै सांसदहरुले यस्तो माग गरेका हुन्।

सोमबार बसेको दिगो विकास तथा सुशासन राष्ट्रियसभाका सांसदहरुले राष्ट्रियसभाबाट हुने कुनै पनि निर्देशन सम्बन्धित मन्त्री र सचिवहरुले पालना नगर्ने गरेको बताएका छन्। सांसद विमला राई पौडेलले सम्बन्धित मन्त्रालय र विभागका मान्छे बोलाएर अनुगमनका क्रममा पसलेहरुले राखेका समस्या समाधान गर्न डेटलाईन दिने र त्यसपछि मात्रै अनुगमनमा जानुपर्ने बताइन्।

दशै अगाडि गएर खसी बजारको पसलेहरुसँग कुरा गरेर आयौँ। यो भएन, त्यो भएन् भनेर उनीहरले धेरै कुराहरु गरे। अब अहिले फेरि अनुगमनमा जाउँ भने त्यस्तै स्थिति छ भनेदेखि हाम्रो क्रेडिबिलिटी के हो ? हामीले हिजो उठाएका प्रश्न्हरु केही पनि समाधान नहुने ?’’ उनले भनिन्, हामीले विशेष रुपमा के रिकमेण्डेसन गरेका छौँ। त्यसको प्रगति के भयो ? भनेर सम्बन्धित मन्त्रालय, सम्बन्धित विभागका सम्बन्धित मान्छेलाई बोलाएर पहिले सोध्ने कहिलेसम्म त्यो इन्पुट हुन्छ। त्यो डेडलाईन दिने र त्यो डेडर्लाइपछि हामी हेर्न जाने गर्दा व्यवस्थित हुन्छ।’’

सांसद महेश कुमार महराले अहिलेसम्म धेरै निर्णयहरु भएपनि व्यवहारमा केही पुष्टि हुन नसकेको बताए। सम्बन्धित मन्त्रालय र कर्मचारीहरुले निर्देशन पालना गर्न नचाहेको उनले बताए। राष्ट्रियसभा र त्यसका समिति भन्ने वित्तिकै केही होइन जस्तो सरकारलाई लाग्छ की ?’ उनले प्रश्न गरे। आफुहरुको हैसियत पनि संघीय सांसदको भएको भन्दै उनले प्रतिनिधिसभाका समिति र राष्ट्रियसभाका समिति हेर्ने नजर फरक रहेको बताए।

प्रधानमन्त्री चुन्नेमा र अभियोग लगाउने अधिकारसम्म भइदिएको भए केही सुनुवाई हुन्थ्यो की। नत्र केही छैन, हाम्रो महत्वपूर्ण २ वर्षको समयमा धेरै ग¥र्यौ तर केही रेस्पोन्स नै छैन्। संघीय संसदको संघीय सांसद हौ नी सबै। प्रतिनिधिसभामा समितिको हेर्दा अलग्गै छ। उहाँहरुले गरेका निर्देशन कार्यान्वयन होला नहोलान तर रिस्पोन्स त गरेको छ नी। सम्बन्धित मन्त्रीहरुलाई बोलाएर कुरा राख्नुप-यो’’, उनले भने।

सांसद मुक्ता कुमारी यादवले समितिले दिएका निर्देशनहरु कतिको कार्यान्वयनमा गए। त्यस सम्बन्धि काम के भइरहेको छ त्यसको जवाफ माग्नुपर्ने बताइन्। सांसद दिनानाथ शर्माले समितिले दिएको निर्देशन अनुसार भएको कामहरुको बारेमा स्पष्टिकरण लिने काम भएमात्रै परिणाम आउने बताए।

समिति सभापति तारादेवी भट्टले मन्त्रीहरुलाई समिति बैठकमा बोलाउँदा पनि समय दिने नगरेको गुनासो गरिन्। समितिको बैठकमा सहभागि हुन तीन दिन अगाडी नै जानकारी गराएर समय माग्दा पनि अन्यौल भएको उनकाे भनाई छ। सुरुसुरुमा बोलाउँदा मन्त्रीहरु आउने गरेको भएपनि १ वर्षयता नटेर्ने प्रवृति हाबी भएको उनले बताइन्। सोमबार बजार अनुगमनलाई नियमति गर्ने छलफल र छड्के अनुगमन सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको थियो।

प्रकाशित: २८ पुस २०७६ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App