१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

चामुण्डा विन्द्रासैनी नगरमा कांग्रेसको विरोध

दैलेख– चामुण्डाविन्द्रासैनी  नगरपालिकाको काम प्रति नेपाली कांग्रेसले असमहती जनाउँदै आएको छ। 

नगरपालिकाको कार्य शैलीको विरोधमा कांग्रेसले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला समेत लगाएको छ। प्रहरीले ताला भने फुटाटर काम सुचारु पारेको छ। नगरपालिकाका काम अस्तब्यस्त रहेको भन्दै तालाबन्दी गर्नुपरेको कांग्रेस नगर सभापती जगतबहादुर शाहीले बताए।

कांग्रेसले विद्यालय भवनबाट नगरपालिकाको कार्यालय, हटाउनुपर्ने, राष्ट्रिय वन क्षेत्रमा बनाउन लागिएको नगर पार्क हटाउनुपर्ने, नगरमा राख्न लागिएको ठुलो घण्टमा ब्यक्तिगत अभिलेख हटाई सार्वजनिक र सर्वमान्य अभिलेख राख्नुपर्ने जस्ता माग राखेको छ। 

त्यस्तै मजुवा खानेपानी, असिना पिडितको नाममा आएको राहात, प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना, चालु आवका विषयगत कार्यालयहरु समेत सामाजिक लेखापरिक्षण र सार्वजनिक सुनुवाई गरिनुपर्ने माग पनि समावेश गरिएको छ।

यता कांग्रेसको मा वार्ता र सहमतीबाटै टुंगिने कुरा भएको नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले बताए। ‘केही दिनमै उहाँहरुसंग बसेर वार्ता गर्नेछु’ नगर प्रमुख शाहीले भने, ‘विकासमा सबै साँझा भएर उभिनुपर्छ। समस्याहरु समाधान हुनेछन्।’ 

कांग्रेसले गत मंसिर ४ र पुस ७ गते दुई पटक नगरपालिकालाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको थियो।

प्रकाशित: २२ पुस २०७६ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App