४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको फेरि डायलासिस

प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिरः नागरिक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस मंगलबार साँझ गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गरिएको हो। तेह्रौं दक्षिण एसियाली खुलकुद प्रतियोगिता (साग) को समापन कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओली मिर्गौलाको नियमिति डायलासिसका लागि सेन्टर गएका थिए।

डायलासिस गराएपछि प्रधानमन्त्री राति अबेर सरकारी निवास बालुवाटार फर्किएका छन्। सेन्टरमा मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओली १९ गते बिहीबार डिस्चार्ज भएका थिए। डिस्चार्जपछि बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री मंगलबार साँझ नियमित डायलासिसका लागि अस्पताल गएको जानकारी उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए। ‘प्रधानमन्त्री साग समापन हेरेर मिर्गौलाको नियमित डायलासिसका लागि अस्पताल जानुभएको हो। उहाँको डायलासिस भएको छ। डायलासिसपछि उहाँ सरकारी निवासमा फर्कनुभएको छ,’ थापाले भने।

प्रकाशित: २५ मंसिर २०७६ ००:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App