१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा सचिवालय बैठक सुरु

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। बैठकले पार्टी एकताका बाँकी कामहरु पुरा गर्ने अपेक्षा गरिएको छ।

नेकपामा अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन भएको छैन। पार्टीका अन्य विभागमा पनि सदस्य चयन हुन बाँकी छन्।

यसअघि प्रधानमन्त्री केपी  शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भेटवार्ता भएको थियो।

 

प्रकाशित: २५ कार्तिक २०७६ ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App