२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

राज्यमन्त्री रावलद्वारा राजीनामा

कैलाली– उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्। 

कञ्चनपुरको जनज्योति बहुमुखी क्याम्पसको शेयर विक्री ठगी र कीर्ते गरेको आरोप लागेपछि राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्।

मन्त्री रावलको हस्ताक्षर भएको पत्रमा आफूमाथि लागेको आरोप र लाञ्छनाको निष्पक्ष र तथ्ययुक्त छानविनमा सहयोग पुगोस् भनेरै राजीनामा दिएको उल्लेख छ।

आइतबार दिउँसो साढे १ बजेतिर मुख्यमन्त्री समक्ष राज्यमन्त्री रावलले राजीनामा दिएको मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले बताए ।

प्रकाशित: २४ कार्तिक २०७६ ०८:५४ आइतबार

सुदूरपश्चिम_प्रदेश प्रकाश_रावल राज्यमन्त्री राजीनामा