१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

अझै केही वर्ष व्यापार घाटा कायम रहन्छः मन्त्री यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन्। मन्त्री यादवले आफ्नै पूँजी र सिपको प्रयोग गरेर जबसम्म हामी आफैं उत्पादन गर्दैनौं, तबसम्म मुलुकमा व्यापार घाटा कायमै रहने प्रष्टयाएका हुन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्र निर्माणका लागि आवश्यक पूँजी र प्रविधि मुलुकभित्रै रहेको दावी गर्दै त्यसको सदुपयोग गरेर अघि बढन सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए। नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्ने मन्त्री यादवको भनाई छ। नेपाल बनाउनलाई हामी आफैं सोचौं र  आपसी सहकार्य गरौं,’ मन्त्री यादवले भने ‘सहकार्य गर्नतिर बढि कोसिस गरौं, हामी सबैको क्षमता मिलायो भने नेपाल बनाउने हामीसँग सीप पनि छ, पूँजी पनि हुन्छ।’ उनले बाह्य पूँजी र प्रविधि भित्र्याउन सकिन्छ तर बढि जोड आन्तरिक पूँजी र प्रविधिको परिचालन गरेर मात्रै मुलुकलाई बनाउन सकिने पनि पटकपटक दोहो¥याए।

मन्त्री यादवले देशभित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा अलमल भईरहेको पनि स्पष्ट पारे। उनले सबैभन्दा महंगो गाडी चढने तर त्यसको उत्पादन नगर्ने मानसिकता कायम रहँदासम्म मुलुकमा व्यापार घाटा भईरहने तर्क पनि गरे। 

प्रकाशित: २० कार्तिक २०७६ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App