९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

चीनले नेपाललाई सैन्य सामग्री उपलब्ध गराउने

काठमाडौं– उत्तरी छिमेकी चीनले नेपाललाई मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्रीहरू उपलब्ध गराउने भएको छ। 

चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र चीनका रक्षामन्त्री जनरल वी फेङ्गहीबीच आइतबार बेइजिङ्गमा नेपाली सेनालाई १५० मिलियन युयान बराबरको सैन्य सामग्रीहरू उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो। चीनका राष्ट्रपति सीच चिनफिङको राजकीय भ्रमणका अवसरमा उक्त सहायता उपलब्ध गराउने प्रस्ताव गरेका थिए। सोही अनुसार औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो। 

सम्झौताअन्तर्गत मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपालले प्रस्ताव गर्ने सामग्रीहरूको विवरणको आधारमा प्रोटोकलमा समझदारी गरेबमोजिम आगामी तीन वर्षको अवधिमा चीनले नेपाललाई हस्तान्तरण गर्नेछ।

गत वर्षको चीन भ्रमणका क्रममा पनि दुई देशका रक्षा मन्त्रीहरूबीच नेपाली सेनालाई १५ करोड युयान बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सहायता सामग्रीहरू उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएकोमा सो कार्यान्वयनको चरणमा रहेको छ।

उक्त सहायता सम्झौतामा हस्ताक्षर हुनुपूर्व मन्त्री पोखरेल र चीनका रक्षा मन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो। 

मन्त्री पोखरेलले चिनियाँ समकक्षीलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा समेत दिए। चीनका रक्षा मन्त्रीले निमन्त्रणा स्वीकार गर्दै उपयुक्त समयमा नेपाल आउने प्रतिबद्धता जनाए। 

प्रकाशित: ३ कार्तिक २०७६ ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App