१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सांसद साहलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडाैँ - प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई जिल्ला अदालत धनुषाले अनुसन्धानका लागि चार दिनका लागि म्याद थप गरेको छ। म्याद थप पछि साहलाई पुनः जिल्ला प्रहरी कर्यालय धनुषाको हिरासत कक्षमा राखिएको छ।

प्रहरीले साहलाई बुधबार जिल्ला अदालतमा पेस गरेर म्याद थप गरेको हो । प्रहरीले १० दिनको लागि अनुसन्धानका लागि म्याद थपको समय माग गरे पनि अदालतले भने ४ दिनको मात्र म्याद थप गरेर अनुसन्धान गर्नका लागि आदेश दिएको श्रेस्तेदार यज्ञ प्रसाद  आचार्यले बताए।

सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।सांसद साहले यस घटनाबारे जनताले मूल्याङ्कन गरिरहेको बताए ।

प्रकाशित: २९ आश्विन २०७६ ०७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App