९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

‘नेपालका सम्भावनाका क्षेत्रलाई विश्वमाझ पुर्याउन सगरमाथा संवाद मञ्च स्थापना’

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले आफ्ना सम्भावनाका क्षेत्रहरुलाई विश्वमाझ पुर्याउन ‘सगरमाथा संवाद’ नामक अन्तराष्ट्रियस्तरको मञ्च स्थापना गर्नु परेको बताएका छन्।

मन्त्री ज्ञवालीले विश्व शान्ति स्थापनामा नेपालले पुर्याएको योगदानको चर्चा गर्न पनि सो मञ्च उपयोगी हुने विश्वास व्यक्त गरे। ‘सगरमाथा संवाद’ राष्ट्रिय परामर्श गोष्ठीलाई बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले हाम्रा शान्ति प्रक्रियाका मौलिक अनुभव, भूकम्पपछि पुनर्निर्माण कार्यमा भएको तीव्रता, लैगिङ्ग तथा समावेशी क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धी तथा त्यसका लागि तय गरिएका नीति, कार्यक्रमबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन पनि सो मंचको स्थापना गरिएको बताए। २/२ वर्षमा आयोजना हुनेगरी तय गरिएको सो कार्यक्रम अन्तर्गत यस वर्ष सरकारले जलवायु परिवर्तनको विषयमा छलफल गर्नेछ। 

मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्नका लागि विश्वलाई नै अपिल गर्न नेपालले यस वर्षको ‘सगरमाथा संवाद’ कार्यक्रममा सोही विषयमा छलफल गर्न लागेको पनि स्पष्ट पारे।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले शान्तिपूर्ण ढंगले ल्याएको राजनीतिक परिवर्तन पनि विश्वका लागि नमूनायोग्य कदम भएको दावी गरे।

प्रकाशित: १ आश्विन २०७६ ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App