१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

वैद्यलाई वडा सचिवको जिम्मा, काम गर्न समस्या भएको जनप्रतिनिधिको गुनासो

माडि गाउँपालिकाको वठा नमबर ६ को कार्यालय।तस्बरिः दिनेश/नागरिक

रोल्पा - ६ वटा वडा रहेको परिवर्तन गाउँपालिकामा एक जना मात्र सचिव छन्। बाँकी ५ वडामा विभिन्न स्वास्थ्य चौकीका अहेवले सचिवको काम गरिरहेका छन्। वडा न. ४ बाहेक अन्य सबै वडामा सचिवको जिम्मा अहेवलाई दिइएको छ। माडी गाउँपालिकामा वडा न. १ मा आर्युवेदका वैैद्यलाई वडा सचिवको जिम्मा दिइएको छ। वडा नम्बर २, ३, ५ र ६ मा अहेवले सचिवको काम गर्छन भने वडा न. ४ मा सव ओभरसियरलाई खटाइएको छ।

त्यसो त थवाङ गाउँपालिकामा ५ वडा रहेकोमा एकजना पनि निजामती सचिव छैनन्। २ वटा वडा गाउँपालिकाका खरिदार अधिकार बुढालाई जिम्मा दिइएको छ। एउटामा स्थानीय निकायका खरिदार छन् भने बाँकी दुई वडामा पशु र कृषिका प्राविधिकलाई जिम्मा दिइएको छ। सदरमुकाममा रहेका रोल्पा नगरपालिकाले पनि वडा न. ४ र ८ मा अहेवलाई सचिवको जिम्मा दिएको छ भने  ५, ६ र ७ मा प्राविधिक सहायकलाई जिम्मा दिइएको छ। १० पुरै खाली छ। अस्थायी रुपमा काम गर्ने कर्मचारी समेत छैनन्।

गंगादेव गाउँपालिकामा १ जना एक जना स्थानीय निकायका खरिदारले सचिवको जिम्मा पाएका छन्। वडा न. २ र ४ मा अहेवलाई जिम्मा दिइएको छ भने २, ३ र ५ मा भेटनरी प्राविधिकले सचिबको काम गरिरहेका छन। ९ वटा वडा रहेको रुन्टीगढी गाउँपालिकामा २ जना मात्र सचिव छन्। यहाँ पनि विभिन्न क्षेत्रका प्राविधिकहरुलाई अस्थायी रुपमा सचिवको काम गर्ने गरी जिम्मा दिइएको छ।

सुनिलस्मृती गाउँपालिकामा अहिले २ वटा वडामा सचिव छैनन् भने अरु सचिव पनि समायोजन भएकोले जाने तयारीमा छन्। ७ वटा वडा रहेको लुङग्रीमा ६ जनाको समायोज भएको छ। अब केहि दिनमा एक जना मात्र सचिव हुनेछन्। अहिले पनि ३ वडामा सचिव छैनन्। त्रिबेणी गाउँपालिकाले वडा न. १, ४, ५ र ७ मा प्राविधिक तानतुन पारेर चलाएको छ। अरु भएका पनि केहि दिनमा जाँदैछन्। ७ वटा वडा रहेको सुनछहरी गाउँपालिकामा अहिले सम्म १ सचिव र दुई प्रावधिक सहयाकले काम गरिरहेका छन्। समायोजनको चिठी आएको भोली पल्टबाट यहाका सबै वडा सचिवविहिन हुनेछन्।

कर्मचारी नभएपछि जनप्रतिनिधि पनि दिक्क बनेका छन्। ‘पञ्जिकरणमा समस्या बढी छ। वडा अध्यक्षले हातले लेखेर गर्ने काम आफै गरिरहेका छन्।’ रोल्पा नगरपालिकाका प्रमुख पुर्ण कसीले भने ‘वडा अध्यक्ष आफै कर्मचारी जस्तो बन्नु परेको छ। कार्य सम्पादनमा पनि असहज भएको छ।’ उता त्रिबेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वली पनि कर्मचारी अभावमा ठूलो समस्यामा परेको बताउँछन्। हाम्रोमा त लेखापाल नभएको पनि धेरै भयो। असाध्यै दुख पाइयो। गाउँपालिकाका अरु पनि सबै हिँडे। काम गर्न तनाव छ।’

समायोजन अगाडि नै कर्मचारी अभाव रहेको रोल्पामा समायोजन सुरु भएपछि स्थानीय तहहरु कर्मचारीविहिन बनेका हुन्। ‘निजामती सेवाका म र लेखापाल मात्र छौ। कर्मचारी नहुदा गाह्रो हुन्छ।’ माडि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले भने ‘औषधि लेख्नेले सिफारिस र पञ्जीकरणको काम गर्दा समस्या भएको हो।’

उता रोल्पा नगरपालिका १० का वडा अध्यक्ष मानबहादुर खत्री वडा सचिव नहुँदा कार्यसम्पादनमा समस्या आएको बताउँछन्। सरकारले सबै व्यवस्थापन नमिलाएर कर्मचारी समायोजन गरिएपछि रोल्पा जस्ता पहाडी जिल्लामा कर्मचारीको अभाव भएको हो। यहाँ कर्मचारी नहुदा सिफारिस लेखन, पञ्जिकरण, सामाजिक सुरक्षा भत्ता वितरण, योजना फरफारक लगायतका काममा बाधा परिरहेको छ।

प्रकाशित: २८ भाद्र २०७६ ०५:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App