२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

दोस्रो चरणको जागरण अभियानको तयारीमा कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले बुधबार (भोलि) पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम घोषणा गर्ने भएको छ। 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समितिले आवश्यक निर्णय लिने र बुधबार अपरान्ह ३ बजे पत्रकार सम्मेलनमार्फत् सो कार्यक्रमको घोषणा गर्ने जानकारी दिए। मंगलबार जारी केन्द्रीय कार्य समिति बैठकमा पार्टीको म्याद सकिएका केन्द्रीय भातृ संगठनको केन्द्रीय कार्य समितिको म्याद थप गर्ने विषयमा पनि छलफल जारी छ। 

त्यसैगरी विदेशस्थित ३५ वटा जनसम्पर्क समितिहरुको पनि म्याद थप गर्ने विषयमा पनि केन्द्रीय कार्य समितिले आजै टुंगो लगाउने काँग्रेसले जनाएको छ।

काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज साँझसम्म सम्पन्न गर्ने योजना छ। प्रवक्ता शर्माले पार्टी कन्द्रिय कार्य समितिको बैठक आजै सकिने र भोलि अपरान्ह ३ बजे पत्रकार सम्मेलन गरी पार्टीको निर्णय सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको पनि बताए। 

काँग्रेस केन्द्रीय कार्य समितिको जारी बैठकमा पार्टीको विधानलगायतका १४ बुँदे एजेन्डामाथि छलफल तय गरेको थियो।

प्रकाशित: १७ भाद्र २०७६ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App