काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बङ्गलादेश र कतारका लागि नवनियुक्त नेपालका आवासीय राजदूतद्वय क्रमशः वंशीधर मिश्र र नारदनाथ भारद्वाजले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्। त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। रासस
प्रकाशित: १५ भाद्र २०७६ ११:१० आइतबार