१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अनेरास्ववियुका संयोजक र सह संयोजकद्वारा पदभार ग्रहण, बिद्यार्थी मोर्चाको एकता भदौभित्रै

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका नेता हितमान शाक्यले बिद्यार्थी मोर्चाको एकताका बाँकी काम छिट्टै सम्पन्न गरिसक्ने बताएका छन्। 

अनेरास्ववियुको कार्यालयको उद्घाटन गर्दै बिद्यार्थी मोर्चाको इन्चार्ज समेत रहेका नेता शाक्यले बिद्यार्थी मोर्चाको एकताका बाँकी काम भदौभित्र सक्ने बताए। पार्टी एकीकरणपछि पनि अलग अलग कार्यालय चल्दै आएको अनेरास्ववियुको दुवै कार्यालय आजबाट एउटै भएका छन्। तत्कालिन अनेरास्ववियु क्रान्तिकारीको कार्यालय रहेको कार्यालय अब अनेरास्वियुको कार्यालय हुने भएको छ। आज भएको कार्यक्रममा अनेरास्ववियु संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले पदभार ग्रहण पनि गरे। कार्यालयको उद्घाटनमा इन्चार्ज शाक्यले एकता प्रक्रियाको बाँकी काम सम्पन्न गर्न एकता प्रक्रियाको समस्या र सम्भावनामा छलफल चलिरहेकोले छिट्टै टुंगोमा पुग्ने बताए।

पदभार ग्रहण पछि संयोजक  महर र सहसंयोजक तामांगले एकताको एकताको बाँकी काम सम्पन्न गरेर संगठन स्ववियु निर्वाचनको तयारीमा जुट्ने बताए। साझा कार्यालय उद्घाटन र पदभार ग्रहण कार्यक्रममा तत्कालिन अनेरास्वियु र अनेरास्ववियु क्रन्तिकरका पूर्व अध्यक्षहरु सहभागी थिए।

प्रकाशित: १२ भाद्र २०७६ १५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App