१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सामूहिक राजीनामा स्वीकृत गर्ने सहमति

काठमाडौं – निजामती कर्मचारीले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्नसक्ने कुरा कानुनमै राख्न सहमति भएको छ।  संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था राख्ने सहमति भएको हो।  यो विधेयकमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफल भइरहेको छ।  सरकारले ल्याएको विधेयकको दफा १२१ मा कर्मचारीले सामूहिक राजीनामा दिनसक्ने व्यवस्था प्रस्ताव गरिएको थियो।  यो व्यवस्था राख्ने या नराख्ने भन्ने विषयमा राज्य व्यवस्था समितिमा बुधबार छलफल भएको थियो।

संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादव कोइरालाले यो व्यवस्था राख्नु सान्दर्भिक नभएको बताएका थिए।  उनले भने, ‘व्यक्तिगत रूपमा सनाखत गरेर राजीनामा स्वीकृत गर्ने विषय हो।  सामूहिक राजीनामा आउँदा स्वीकृत गरिहाल्नु उपयुक्त हो कि होइन थप छलफल गरौं। ’ तर, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालवावु पण्डितले भने सामूहिक राजीनामाको व्यवस्था नराखे सरकारलाई काम गर्न कठिनाइ हुने बताएका थिए।

सांसद रामकुमारी झाँक्रीले सामूहिक राजीनामा दिएमा स्वीकृत गरिनेछ भन्ने व्यवस्था राख्नुपर्ने बताइन्।  तर, धेरै सांसदले स्वीकृत गर्न सक्नेछ भन्ने व्यवस्था राख्नुपर्ने बताएका थिए।  यसबारे समितिमा अन्तिम निर्णय गरेको भने छैन।  यसअघि डाक्टर, कर्मचारीलगायतले सामूहिक राजीनामा दिने चेतावनी दिएका थिए।

विधेयकको दफा १२० मा रहेको कर्मचारी ट्रेड युनियनको गठनसम्बन्धी व्यवस्थामा श्रेणीविहीन कर्मचारीले मात्र टे«ड युनियन खोल्न पाउने व्यवस्था राख्नुपर्ने सांसदबाट कुरा उठेको छ।

प्रकाशित: २३ श्रावण २०७६ ०२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App