१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

धर्मलाई सिर्जनात्मक ढंगले प्रयोग गर्नुपर्छः मन्त्री अर्याल

शिव महिमा बोलबम महोत्सवलाई सम्बोधन गर्दै मन्त्री पद्माकुमारी अर्याल। तस्बिरः नागरिक

तनहुँ– भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले धर्मलाई सिर्जनात्मक ढंगले प्रयोग गर्नुपर्ने बताएकी छन्। ‘मन्दिरमा गएर पूजापाठ गर्ने, दान चढाउने आफ्नो ठाउँमा छ,’ उनले भनिन्, ‘धर्मलाई सिर्जनात्मक ढंगले पनि प्रयोग गर्नुपर्छ।’

तनहुँको गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामद्वारा आयोजित शिव महिमा बोलबम महोत्सवको उद्घाटन गर्दै मन्त्री अर्यालले धर्मसँगै आफ्नो जीवन बदल्ने खालका गतिविधि सञ्चालन गर्ने आँट, अठोट र संकल्प गर्नुपर्ने बताइन्।

धर्म संस्कृतिको संरक्षण गर्नुपर्नेमा उनको जोड थियो। ‘हामीले धर्म निरपेक्षताको कुरा ग-यौं। सबैलाई समान ढंगले हेर्ने संकल्प सरकारले ग-यो, संविधानमा उल्लेख गरियो,’ उनले भनिन्, ‘धर्म संस्कृतिको संरक्षणसहित जनताको चेतनाको विकास गर्ने र ती चेतनालाई राष्ट्र निर्माणमा लगाउने दिशामा लैजानुपर्छ।’

प्रकाशित: २० श्रावण २०७६ ०९:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App