१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

कर्मचारीलाई ६० वर्षमा पेन्सन दिनुपर्ने कांग्रेसको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले ६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। काँग्रेस नेता दिलेन्द्रप्रसाद बडुले ६० वर्ष उमेर पुगेका कर्मचारी मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। 

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले ५८ वर्षमा पेन्सन पाउने सरकारको प्रस्ताव आफ्नो पार्टीले स्वीकार गर्न नसक्ने पनि स्पष्ट पारे। समितिका सदस्य समेत रहेका नेता बडुले राष्ट्रको व्ययभारलाई कम गर्न पनि निजामति कर्मचारीहरुको पेन्सन पाउने उमेर हद ६० वर्ष तोक्नुपर्ने तर्क पनि गरे।

बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले निजामती कर्मचारीको पेन्सन वृद्धि गर्न नहुनेतर्फ पनि सरकारलाई सचेत गराए। उनले काम नबढाउने तर सेवा र सुविधामात्रै कर्मचारीहरुलाई थप गरेर राष्ट्रको व्ययभार बढाउने पक्षमा आफू नरहेको पनि बताए।

विधेयकमा कर्मचारीको पेन्सन उसले पाएको तलबको ७५ प्रतिशत उपलब्ध गराउने प्रस्ताव गरिएको छ। त्यसप्रति नेता शर्माको आपत्ति छ।

प्रकाशित: १ श्रावण २०७६ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App