९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

बालुवाटारमा ४ घण्टा लामो छलफलपछि टुंगियो नेकपाको एकता प्रक्रिया

फाइल तस्बिर

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको एकता प्रक्रिया टुंगिएको छ। नेकपाका महासचिव विष्णु पौडेलले एकता प्रक्रियाका सम्पूर्ण गृहकार्य सम्पन्न भएको बताए। ‘एकताको गृहकार्य हार्दिकताका साथ सम्पन्न भएको छ’, बालुवाटारमा शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पौडेलले भने, ‘गृहकार्यको निष्कर्ष छिट्टै बस्ने सचिवालय बैठकमा प्रस्तुत हुन्छ। निर्णय गरेर कार्यान्वयनमा जान्छ। सम्पूर्ण विषयमा गृहकार्य सकिएको छ।’ 

एकता प्रक्रिया टुंग्याउन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताबीच ४ घण्टा लामो छलफल भएको थियो। शीर्ष नेताकाे सहमतिमा यसअघि नै राजनीतिक प्रतिवेदन पारित गरेर प्रकाशनार्थ पठाइ सकिएको छ। केन्द्रीय निकाय तथा विभाग तथा जनवर्गीय संगठनको कार्यविभाजनका विषयमा पनि गृहकार्य टुंग्याएको महासचिव पौडेलले बताए।

उनले एकताअन्तर्गत सम्पूर्ण नेता कार्यकर्तालाई उपयुक्त जिम्मेवारी प्रदान गरिने निर्णय समेत भएको बताए। यसको विस्तृत विवरण आउँदो सचिवालय बैठकपछि सार्वजनिक गरिने उनको भनाई छ। 

यसअघि ललितपुरमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डले आजै एकता प्रक्रिया टुंगिने बताएका थिए।

प्रकाशित: ३१ असार २०७६ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App