१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भारतको पत्रबारे झुक्याइयो, जनतासँग लज्जित छु : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई समेत झुक्याइएको बताएका छन्। प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूताबासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएका कारण आफूले नेपाली जनताको सामू लज्जित हुनु परेको उल्लेख गर्दै माफी समेत मागे।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विषादी प्रकरणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएकै कारण नेपाली जनताको सामू पत्र नआएको सार्वजनिक अभिव्यक्ति दिनु परेको पनि स्पष्ट पारे। ‘भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमै बोलेँ, प्रधानमन्त्री ओलीको भनाई थियो, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु तर मलाई थाहा नदिइएकाले आफू लज्जित हुनु पर्‍यो, त्यसप्रति क्षमाप्रार्थी छु ।’

प्रधानमन्त्री ओलीले नेपाली जनताको भान्सामा विषादी हुन दिनुहुन्न भन्ने प्रधानमन्त्री आफूमात्रै भएको दावी गर्दै आफू विरुद्ध चलाएको कुनै पनि मिसन पूरा हुन नदिने प्रतिवद्धता व्यक्त गरे। आफूविरुद्ध भ्रम छर्न खोजिएको तर त्यसलाई सफल हुन नदिने प्रधानमन्त्री ओलीको दृढता छ।

यस अघि टेलिभिजन कार्यक्रम जनतासँग प्रधानमन्त्रीमा प्रधानमन्त्री ओलीले अहिले सम्म नेपालीले शुद्ध खानेकुरा खान पाउनु पर्छ। केही मिसावट भएका खाने कुरा नेपालीले खान हुन्न भनेर बोल्ने हिम्मत गर्ने आफु पहिलो भएको समेत दावी गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्रीले भने :

हाम्रा मन्त्रालयहरुलाई पनि यसबारे तयार गर भनेर निर्देशन दिँए तर तयारी पुगेको रहेन्छ। मलाई केही अनुपयुक्त रिपोर्टीङ पनि भयो। त्यस प्रस्तावलाई मैले सच्याएर स्वीकार गरे। तरकारी जाँचेर मात्रै निर्यात गर्ने भन्ने निर्णय गरे तर जाँच्ने क्यापासिटी पुगेको रहेन्छ।

हामीले जहाँबाट निर्यात गर्छौं ति देशले चेकजाँचको सर्टिफिकेट दिएर पठाए भने त्यसलाई स्वीकार गर्छौं। दोहोरो छानविन गर्ने भनेको होइन।

एउटा कुरामा मैले कवुल गर्नु पर्छ। एउटा कुरा भुल स्वीकार गर्नु पर्छ मेरो भुलको रुपमा। त्यो के भने भारतबाट पत्र प्राप्त भयो भन्ने कुरा साँचो होइन हल्ला हो भने। भारतले पठाएको पत्रबारे परराष्ट्रमन्त्रालय, बाँणिज्यमन्त्रालय, कृषिमन्त्रालय जानकार रहेछन् तर मलाई त्यस सम्वन्धमा बताइएन।

मैले त्यसरी बोलिसकेपछि पनि पत्र आएको छ भनेर बताइएन। पछि मैले खोजी गर्दा पत्र आएको थाहा भयो। त्यसबारे भारतले कुटुनीतिक प्रयास र संवाद अगाडि बढाएको रहेछ। त्यो कुराबाट पनि मलाई अनविज्ञनै राखियो।

२३ गते बेलुका मात्र मैले पत्र आएको बारे जानकारी पाएँ। त्यसबाट म अत्यन्त दुखित छु। मलाइ जनेर वा अन्जानमा बताउन भुल्यो जे सुकै होस् म सँग त्यो कुरा आएन। प्रधानमन्त्रीको हैसियतमा मैले त्यो कुरा जानकारी पाउनु पर्थ्यो। एउटा थयार्थ मबाट लुकेको रहेछ। त्यो कुरा थाहा नपाउँदा कहीँ मैले जनतालाई अलमल्याउन खोजेको त होइन भन्ने अवस्था र विरोधीहरुले भएको कुरालाई होइन भन्यो भन्ने मौका पाए।

प्रकाशित: २६ असार २०७६ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App